२०८२।११।१६ गतेका दिन गणित शिक्षा परिषद गोरखाको सक्रियतामा जिल्ला स्तरीय अन्तर माध्यमिक गणितीय हाजरी जवाफ
आज मिति २०८२।११।१६ गतेका दिन गणित शिक्षा परिषद गोरखाको सक्रियतामा जिल्ला स्तरीय अन्तर माध्यमिक गणितीय हाजरी जवाफ (Stage on Quiz, 2nd Round) प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्नु हुने परिषदका अध्यक्ष श्री गणेशराज सापकोटा लगाएत समितिका पदाधिकारी मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । कार्यक्रममा गणित शिक्षा परिषद गण्डकी प्रदेशका अध्यक्ष श्री वेदप्रसाद शर्माको विशिष्ट अतिथिता र कास्कीका परिषद कोषाध्यक्ष याक अधिकारीको उपस्थितिले थप शोभा बढाएको थियो । प्रतियोगितामा क्रमशः प्रथम, द्धित्तीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यालय श्री ज्ञानमार्ग मा वि , द ओल्ड क्यापिटल मावि, दुल्लभ मा वि र महालक्ष्मी मा वि लाई बधाइ ज्ञापन गर्दै अवका दिनमा हरेक विद्यालयमा Maths Mind Group Formation गरेर अगाडि बढ्दा Better हुने धारणा पनि व्यक्त गर्दछु । अन्तमा सफलता पूर्वक कार्यक्रम सफल पाार्नु हुने गणित शिक्षा परिषद गोरखालाई धन्यवाद । आज प्रथम र द्धित्तीय हुने विद्यालयका मेधावी भाइ बहिनीहरुले अब हुने गण्डकी प्रदेश स्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगितामा सफलताको लागि हार्दिक शुभकामना ।





